राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा नवमी - २४
धनुषा जिल्लामा दिगो वन व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम राख्दै, वन पैदावारमा आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्ने।
वन क्षेत्रको संरक्षण, संवर्द्धन तथा वैज्ञानिक र दिगो उपयोगमार्फत वन स्रोतको उत्पादन वृद्धि गर्दै स्थानीय समुदायको आवश्यकता पूर्ति गर्ने र वातावरणीय जोखिम न्यूनिकरण गर्ने।
चुरे–भावर क्षेत्रका वनहरूको संरक्षण र संवेदनशील भू–संरचनाको दिगो व्यवस्थापन गर्नु। वन पैदावारको बढ्दो मागलाई ध्यानमा राखी निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण विस्तार गर्नु। अवैध वन कटानी, फडानी तथा वन डढेलो नियन्त्रण गरी वन स्रोतको संरक्षण गर्नु। सामुदायिक, कबुलीयती, साझेदारी तथा निजी वन व्यवस्थापनलाई प्रभावकारी बनाउनु। वन क्षेत्रको मौज्दात र गुणस्तरमा सुधार ल्याउनु तथा जैविक विविधताको संरक्षण गर्नु। स्थानीय समुदायको सहभागितामा वन स्रोतको न्यायोचित वितरण र उपयोग सुनिश्चित गर्नु। वातावरणीय सन्तुलन कायम राख्दै जलवायु परिवर्तनको असर न्यूनिकरण गर्नु। वन व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्नु।