परिचय

जिल्लाको सामान्य परिचय
यो धनुषा जिल्ला प्रदेश नंं २ अन्तर्गतका जिल्लाहरु मध्ये सबैभन्दा कम वन क्षेत्र भएको जिल्ला हो । यो उत्तरमा चुरे पहाड देखि दक्षिणमा भारतको सिमाना सम्म फैलिएर रहेको छ । यसको उत्तर–दक्षिण औसत लम्बाई ४५.२७ कि.मि., पूर्व–पश्चिम औसत चौडाई २७.४७ कि.मि. मा फैलिएर रहेको यस जिल्लाको स्वरुप झण्डै चरा आकारको रहेको देखिन्छ । यो जिल्ला नदीनाला र वनजंगल जस्ता प्राकृतिक श्रोत साधनमा पनि धनी नै मानिन्छ । यस जिल्लाको वन क्षेत्र अधिकांश उत्तर तर्फको चुरे र भावरमा पर्ने भएकोले सो क्षेत्रको भौगोलिक संरचनाको सम्बेदनशिलतालाई मध्येनजर राखी उक्त वनलाई संरक्षणमुखी व्यवस्थापनको आधारमा व्यवस्थापन गर्दे आई रहेको छ । यी वनका अधिंकाश भागहरुहरु सरकारद्वारा व्यवस्थित राष्ट्रिय वनको रुपमा रहेको छ भने अन्य वनहरु सामुदायिक वन, कबुलीयती वन, साझेदारी वन, संरक्षित वन, सार्वजानिक तथा निजी वनको रुपमा व्यवस्थापन गर्दै आई रहेको छन । यस जिल्लाको भौगोलिक संरचना आधारमा भावर चुरे क्षेत्रमा वन रहेको छ भने दक्षिण तराई क्षेत्रमा अधिक बसोबास क्षेत्र रहेको छ । अधिक जनसंख्या र कम वन क्षेत्र भएकोले स्थानीय जनताको वन पैदावारको मागलाई थेग्न सक्ने अवस्था छैन । यस प्रकारको बढदो वन पैदावारको मागलाई आपुर्ति गर्न निजी तथा सार्वजानिक जग्गामा व्यापक बृक्षारोपण गरी वन विकास गर्नु पर्ने विकल्प बाहेक अन्य नभएको देखिन्छ ।
यस जिल्लाको मध्य भागमा रहेको एक मात्र धनुषाधाम वनलाई संरक्षित वन घोषणा गरी व्यवस्थापन भई रहेको छ । यसको कार्ययोजना अनुसार संरक्षणमुखी अवधारण अनुसार संरक्षण, सम्बद्र्धन र बुद्धिमतापुर्वक उपयोग गर्ने लक्ष्य रहेको छ । यस जिल्लामा घना बस्ती तथा बढी जनसंख्या भएका कारण वन क्षेत्रमा अधिक चाप परि रहेको छ । वन पैदावारको माग अत्याधिक रहेकोले अवैध वन कटानी, फडानी गरी वन पैदावार बिक्री गरिरहेका छन । यसका साथै खुल्ला चरिचरन, वन डढेलो आदीका कारण वनको मौज्दात परिमाण घट्दै गएको र वन पैदावारको गुणस्तरमा समेत ह्रास आएको देखिन्छ । प्राकृतिक वन व्यवस्थापनका धेरै जसो कार्यक्रमहरु चुरे भावर क्षेत्रमा केन्द्रित छ भने निजी र सार्वजानिक वन विकास र विस्तार कार्य तराईमा गरिदै आएको छ ।
यस जिल्लामा राजनैतिक विभाजनको हिसावले ६ वटा गाउँपालिका, १० वटा नगरपालिका र १ उपमहानगरपालिका रहेका छन । साथै ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।

जिल्लाको नामाकरण सम्वन्धी धारणा
हिन्दु पुराण अनुसार जनक वंशका २२ औं राजा शिरध्वजको राज्यमा एउटा ठुलो खडेरी पर्दा धेरै मानिसहरुको ज्यान गयो र मानिसहरु ठूलो विपदमा परे सो खडेरीको अन्त्यका लागी आप्mना विद्वा्न सहयोगीहरुको सल्लाहमा उनले आफैले हलो जोते, जोत्ने क्रममा उनले बालिका फेला पारे जसको नाम उनले जानकी राखे । पछि उनले आप्mनी छोरी जानकीको विवाह आप्mनो दरवारमा रहेका शिव धनुषमा तॉदो चढाउन सक्ने संग गरिदिने प्रस्ताव राखे । थुप्रै शक्तिशाली व्यक्तिहरुले यसको लागी प्रयास गरे तर उनीहरु उक्त धनुष उठाउन पनि सकेनन् । अयोध्याको राजकुमार भगवान राम, उनका भाई लक्ष्मण र गुरु विश्वामित्र सहित जनकपुर आए । रामले उक्त भव्य धनुष उठाए र तॉदो चढाउन लाग्दा सो धनुष भॉचिन गयो । त्यही धनुषको नामवाट यस जिल्लाको नाम धनुषा रहन गएको हो ।

जिल्लाको सिमाना
यस जिल्लाको प्राकृतिक सिमाना पूर्वमा कमला नदी, पश्चिममा रातु नदी, उत्तरमा चुरे पहाडको दक्षिणी पानी ढलो र दक्षिणमा भारत संगको अन्तर्राष्ट्रिय सिमाना पर्दछ । छिमेकी जिल्लाहरुमा पूर्वमा सिरहा, पश्चिममा महोत्तरी र उत्तरमा सिंन्धुली जिल्ला पर्दछ भन्ने दक्षिणमा भारत पर्दछ ।