जिल्लाको सामान्य परिचय
यो धनुषा जिल्ला प्रदेश नंं २ अन्तर्गतका जिल्लाहरु मध्ये सबैभन्दा कम वन क्षेत्र भएको जिल्ला हो । यो उत्तरमा चुरे पहाड देखि दक्षिणमा भारतको सिमाना सम्म फैलिएर रहेको छ । यसको उत्तर–दक्षिण औसत लम्बाई ४५.२७ कि.मि., पूर्व–पश्चिम औसत चौडाई २७.४७ कि.मि. मा फैलिएर रहेको यस जिल्लाको स्वरुप झण्डै चरा आकारको रहेको देखिन्छ । यो जिल्ला नदीनाला र वनजंगल जस्ता प्राकृतिक श्रोत साधनमा पनि धनी नै मानिन्छ । यस जिल्लाको वन क्षेत्र अधिकांश उत्तर तर्फको चुरे र भावरमा पर्ने भएकोले सो क्षेत्रको भौगोलिक संरचनाको सम्बेदनशिलतालाई मध्येनजर राखी उक्त वनलाई संरक्षणमुखी व्यवस्थापनको आधारमा व्यवस्थापन गर्दे आई रहेको छ । यी वनका अधिंकाश भागहरुहरु सरकारद्वारा व्यवस्थित राष्ट्रिय वनको रुपमा रहेको छ भने अन्य वनहरु सामुदायिक वन, कबुलीयती वन, साझेदारी वन, संरक्षित वन, सार्वजानिक तथा निजी वनको रुपमा व्यवस्थापन गर्दै आई रहेको छन । यस जिल्लाको भौगोलिक संरचना आधारमा भावर चुरे क्षेत्रमा वन रहेको छ भने दक्षिण तराई क्षेत्रमा अधिक बसोबास क्षेत्र रहेको छ । अधिक जनसंख्या र कम वन क्षेत्र भएकोले स्थानीय जनताको वन पैदावारको मागलाई थेग्न सक्ने अवस्था छैन । यस प्रकारको बढदो वन पैदावारको मागलाई आपुर्ति गर्न निजी तथा सार्वजानिक जग्गामा व्यापक बृक्षारोपण गरी वन विकास गर्नु पर्ने विकल्प बाहेक अन्य नभएको देखिन्छ ।readmore…